न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ ।

यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै ओमानको प्रतिनिधिमण्डलले ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्ने विषयमा वार्ता गर्न तेहरान भ्रमण गर्ने भएकाले उक्त वार्तामा अवरोध नहोस् भन्ने उद्देश्यले अमेरिकाले आक्रमण स्थगित गरेको जनाएको छ ।

यसैबीच, द न्यूयोर्क टाइम्सले अमेरिकी वरिष्ठ सल्लाहकारले वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घट्दै गएको चेतावनी दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही थप विस्तार गर्ने योजना स्थगित गरेको जनाएको छ ।

अमेरिकी सेनाका संयुक्त प्रमुख कर्मचारी समितिका अध्यक्ष डान केनले थप व्यापक सैन्य कारबाही सञ्चालन गरिए अमेरिकी केन्द्रीय कमान्डसँग रहेका इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार सकिन सक्ने चेतावनी दिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकाले हालसम्म इरानविरुद्धको सैन्य कारबाहीमा एक हजार २०० भन्दाबढी प्याट्रियट इन्टरसेप्टर प्रयोग गरिसकेको छ । प्रत्येक इन्टरसेप्टरको लागत ४० लाख अमेरिकी डलरभन्दा बढी पर्ने जनाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : ४१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र