सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण « Khabarhub

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताएका छन् ।
 
मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान् मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तर्क्रिया सम्पन्न भएको थियो ।

सो अन्तरक्रियामा प्रदेश प्रमुख कर्णले समाजमा नैतिक मूल्यमान्यता कमजोर बन्दै जाँदा प्रशासनिक अनुशासन र पारदर्शितामा चुनौती देखिएकाले यसलाई सुधार गर्न शिक्षादेखि नै नैतिकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । 

त्यसैगरी प्रदेशसभा सदस्य शारदा पहाडीले नीति र व्यवहारबीचको दूरी घटाउन आवश्यक रहेको बताइन् । उनले नैतिक शिक्षालाई जीवनपद्धतिसँग जोड्न सके मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखिन् । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीय तहदेखि नै सुशासनको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए। उनले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र निगरानी प्रणाली सुदृढ गर्नसकेमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गर्दै मधेसी आयोगका सदस्य आभा सेतू सिंहले नैतिक शिक्षा समाज रुपान्तरणको मूल आधार भएको बताइन् ।

उनले मधेसको समग्र विकासका लागि नैतिकता, अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य अनिता साह, लाल गोइतलगायतले आफ्ना धारणा राखेका थिए  ।
 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ७ : २७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम