कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। निर्माणाधीन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रले साहसिक पदयात्रा, हिमाली सौन्दर्य र स्थानीय संस्कृतिको अद्वितीय अनुभव एकसाथ प्रदान गरिरहेको छ।

हेलम्बु गाउँपालिकाभित्र पर्ने छ्यादी घ्याङ नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको छ। काठमाडौंबाट मेलम्ची हुँदै यहाँ पुग्न सकिने भएकाले पदयात्रा रुचाउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बनेको छ।

हालसम्म करिब सात किलोमिटर निर्माण सम्पन्न भएको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पदयात्रा गर्दा घना जंगल, लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता, लालीगुराँस र विभिन्न प्रजातिका लेकाली फूलहरूले यात्रुलाई लोभ्याउने गर्छन्। हिमाली हावा, हरियाली वन, हिमशृङ्खला र ठाउँ–ठाउँमा रहेका चैत्यहरूले प्रकृति र संस्कृतिको अनुपम संगम प्रस्तुत गर्छन्।

पदयात्राका क्रममा सागबारी क्षेत्रमा मौसमले चुनौती दिए पनि करिब नौ घण्टाको यात्रापछि ठारेपाटी पुग्न सकिन्छ। ठारेपाटीमा पर्यटकका लागि सुविधासम्पन्न होटल उपलब्ध छन्। यही स्थानबाट प्रसिद्ध गोसाइँकुण्डको यात्रा पनि गर्न सकिन्छ। ठारेपाटीबाट थप करिब दुई घण्टाको पदयात्रापछि छ्यादी घ्याङ पुगिन्छ।

हेलम्बु गाउँपालिकाले समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको छ्यादी घ्याङको फेदीमा २०८३ जेठ २४ गते कार्यपालिका बैठकसमेत आयोजना गरेको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा छलफल भएको थियो।

बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकता दिने विभिन्न नीतिगत निर्णय गरेको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार हेलम्बुमा अझै धेरै सम्भावनायुक्त पर्यटकीय गन्तव्य छन्, जसको योजनाबद्ध विकासबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिने विश्वास गरिएको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पदयात्रा र हिमाली जीवनशैलीको अनुभव गर्न चाहने पर्यटकका लागि हेलम्बु अहिले नयाँ आकर्षक गन्तव्यका रूपमा उदाउँदै गएको छ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : २० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र