डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा « Khabarhub

डा. पाण्डे आउट भएसँगै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियनमा


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नौ ओभर नपुग्दै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियन फर्केका छन् । खेलको ८ ओभर २ बलमा सुदूरपश्चिमका डा. इशान पाण्डे आउट भए । लुम्बिनीका तिलक भण्डारीको बलमा आउट हुनुअघि उनले ९ बलमा ७ रन बनाए ।

यसअघि खेलको ५ ओभर ४ बलमा सुदूरपश्चिमका सैफ जैब आउट भए । १४ बल खेलेका उनले १३ रन बनाए । उनलाई शाडले भान साल्कविक लिएका हुन् ।

यसअघि खेलको पाचौँ ओभरमा सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो । खेलको ४ ओभर २ बलमा सुदूरपश्चिमले दोस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमायो । ६ बल खेलेका आरिफले रनको खाता खोल्न सकेनन् । त्यसपछि क्रिजमा आएका ब्राण्डन म्याकमुलेन पनि दुई बलपछि आउट भए । आउट हुनुअघि उनले दुई बलमा समान रन जोडे । यस ओभरका दुबै विकेट किशोर महतोले लिएका हुन् ।

त्यसअघि पहिलो विकेटका रुपमा खेलको ३ ओभर १ बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भए । शेर मल्लको बलमा एलबीडब्लू आउट हुनुअघि उनले ८ बलमा ९ रन बनाए ।

प्लेइङ ११

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीहरूलाई समावेश गरेको छ। सुदूरपश्चिमको प्लेइङ ११ मा सेफ जेब, ब्रान्डन म्याकमुलन, शेर्फेन रदरफोर्ड र स्कट कुगेलेइन जस्ता विदेशी खेलाडी रहेका छन्। त्यस्तै स्वदेशी खेलाडीमा विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहोरा मैदान उत्रिएका छन् ।

यता लुम्बिनी लायन्सले पनि आफ्ना चार प्रमुख विदेशी खेलाडीसहित बलियो टिम उतारेको छ । लुम्बिनीको प्लेइङ ११ मा अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलङ्काका विकेटकिपर निरोशन डिकवेला, बङ्गलादेशका शमीम होसेन र दक्षिण अफ्रिकाका शाडले भान साल्कविक रहेका छन् । टोलीमा आसिफ शेख, कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी समावेश छन् ।

हेड टू हेडमा को बलियो ?

एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम र लुम्बिनी तीन पटक भिडेका छन् ।

तीनमध्ये अघिल्लो फाइनलमा जित हासिल गर्नुबाहेक लुम्बिनीले सुदूरपश्चिमसँग दुई खेलमा पराजय व्यहोरेको छ ।

अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।

लगातार पाँच खेलमा लुम्बिनी अपराजित

पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो । त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको थियो भने त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पनि ५ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिम पाँचमध्ये तीन खेलमा विजयी

सुदूरपश्चिम भने पछिल्ला पाँचमध्ये तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । फाइनलमा पराजित हुनुअघिको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिमले ७७ रनको जित हासिल गरेको थियो ।

अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिमले विराटनगरकै सामना गरेको थियो । उक्त खेलमा भने विराटनगरसँग सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो ।

त्यसअघिको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ४९ रनले विजयी भएको थियो भने जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : ५० बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने