एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह « Khabarhub

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल अवलोकनका लागि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन् ।

प्रधानमन्त्री उपस्थित भएपछि रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । एनपीएलको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।

आठ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनलगायत विश्वका चर्चित अनुहार सहभागी हुने भएकाले यो प्रतियोगितामा क्रिकेटप्रेमीको चासो छ ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ४ : ५२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम