रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल « Khabarhub

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि जुट्न आह्वान गरेका छन्  ।

रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले  आव्हान भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।  

रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 

मुख्यमन्त्री आचार्यले प्रदेशका तीनवटै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग नियमित सम्पर्कमा रही बाढीको अवस्थाबारे जानकारी लिएका छन् । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए त्यसका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिइएको छ । 

सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षित स्थानको पहिचान गर्न र आवश्यक परे तत्काल उद्धार तथा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । 

यसैगरी, मौसम तथा नदीको बहावको अवस्थाका आधारमा रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने प्रक्षेपणपछि त्यहाँका तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । 

मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोलाको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेका छन् । 

प्रदेश सरकार सम्भावित विपद्को जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारीमा रहेको जनाउँदै मुख्यमन्त्री आचार्यले विपद्को अवस्थामा सबै निकायबीच प्रभावकारी समन्वय गरी नागरिकको जिउधनको सुरक्षा गर्न प्राथमिकता दिइने बताएका छन्  ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १ : ४५ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका