नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ । 

यामाहाले यसपटक नाडामा यामाहा एरोक्स १५५ एस, फेसिनो एस र डिस्क, तथा आर १५ एसका नयाँ भेरियन्टहरू सार्वजनिक गर्ने भएको हो ।
 
यामाहा एरोक्स १५५ एस विशेष गरी पर्फर्मेन्स र डायनामिक राइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिन र कि-लेस फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ । कि-लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ ।

स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ । आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार आर १५ एस र आर १५ एम भेरियन्टहरूले यामाहाको लोकप्रिय ‘आर सिरिज’ लाई अझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन् । ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकलप्रेमीहरूले विशेष अपेक्षा राखेका छन् । आर १५ सिरिज पहिलेदेखि नै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन-अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ ।

यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै एमएडब्यु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो । यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ । हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङप्रेमीहरूमाझ ठूलो उत्साह जगाउनेछन् ।’

त्यस्तै, एमएडब्यु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ । नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन् र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौँ । यी नयाँ भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

 थप जानकारीका लागि, नाडामा रहेको यामाहाको ब्लू च्याम्बर टी डब्लू८ र टीडब्लू१० मा जान कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ५ : १७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र