धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेकाे बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।

गाउँपालिकाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने तथा पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने विषयलाई समेटिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

पूर्वाधार विकासतर्फ रु ११ करोड ६५ लाख विनियोजन गरिएको छ । यसअन्तर्गत भेडीखाल्टा गाउँलाई सडक सञ्जालमा जोड्न रु एक करोड छ लाख, निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु एक करोड ५० लाख, हेम माध्यमिक विद्यालयमा दशकोठे भवन निर्माणका लागि रु ५० लाख तथा गाउँपालिका क्षेत्रका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सरसफाइ शीर्षकमा रु एक करोड विनियोजन गरिएको छ ।

त्यसैगरी लुलाङ–गुर्जा सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा रु एक करोड बजेट व्यवस्था गरिएको छ । ताकम ढल व्यवस्थापन योजनाका लागि रु एक करोड र ताकम माविको छात्रावास भवन निर्माणका लागि रु ४० लाख बिनियोजन भएको छ ।

आर्थिक विकासतर्फ रु एक करोड चार लाख, सामाजिक विकासतर्फ रु २२ करोड २४ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८५ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु १२ करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरी बजेट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।

धौलागिरिले पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र डिजिटल प्रविधिमैत्री सेवा प्रवाहलाई समेत बजेटको प्राथमिकतामा राखेको जनाएको छ

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ८ : २३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र