क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।

श्रीलङ्काका सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले अक्टोबर १३ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा समयमै सूचना आदानप्रदान र सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको बताए।

भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा भएको बैठकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि सहभागी थिए । बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दिल्ली घोषणापत्र स्वीकृत गरेको भारतस्थित श्रीलङ्का उच्चायोगले जनाएको छ ।

घोषणापत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, कानुनी सहायता, सुपुर्दगी तथा संयुक्त कारबाहीलाई प्राथमिकता दिइएको छ ।

यसअघि अक्टोबर १२ मा आयोजित वरिष्ठ अधिकारीहरूको बैठकमा लागूऔषध नियन्त्रण, आतङ्कवादी गतिविधिमा हुने वित्तीय सहयोग रोकथाम तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

मन्त्री विजेपालाले क्षेत्रीय सुरक्षा सहकार्यले नागरिकको जीवन सुरक्षित बनाउनुका साथै बङ्गालको खाडी क्षेत्रमा स्थिरता, विकास र समृद्धि प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  १ : १५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र