निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा जडान गरेर सुरक्षा दिइएको उनले बताए । चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरासहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनको भनाइ छ ।

सूचना अधिकारी मगरका अनुसार बिगतमा हुने गरेका नियमित गस्ति सहित स्विपिङ्, पट्रोलीङ्, साईकल गस्ति, मोटरसाईकल गस्ति, बोट, गाडी र हात्तीबाट गस्ति गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी सम्बेदनशील मानिने गरिन्छ । सम्बेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरु भईरहेको छ । चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाईएको छ ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त वनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर ९स्निफर डग० मार्फत निगरानी गरिने छ । आबश्यकता अनुसार अन्य सुरक्षा निकाय संग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तिहरुमा समेत तदारुपता वढाइएको सूचना अधिकारी मगरले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ८ : ३१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र