सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब २३ अर्ब बढी रकम संकलन


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सुरक्षा कोषमा ३१ लाख बढी योगदानकर्ता पुगेका छन् भने झण्डै सबा खर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ ।

भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७ सय ४० जना योगदानकर्ता सूचीकृत भएका छन् । 

यसमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक क्षेत्रको रहेको छ, जहाँबाट २३ लाख ७१ हजार ७ सय १७ जना आवद्ध छन् । 

औपचारिक क्षेत्रबाट ७ लाख ३४ हजार ५ सय ६९ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ३ सय १० जना र अनौपचारिक क्षेत्रबाट १ हजार १ सय ४४ जना कोषमा जोडिएका छन् । 

त्यस्तै, औपचारिक क्षेत्रका २३ हजार ६ सय १ रोजगारदाता संस्थाहरु हालसम्म कोषमा सूचीकृत भइसकेका छन् ।

औपचारिक क्षेत्रका रोजगारदाताहरुको प्रदेशगत विवरण हेर्दा बाग्मती प्रदेशको सहभागिता सबैभन्दा उच्च देखिएको छ । 

बाग्मती प्रदेशबाट १५ हजार ६ सय ३५ रोजगारदाता कोषमा आवद्ध हुँदा कोशी प्रदेशबाट २ हजार ६ सय ७, लुम्बिनीबाट २ हजार २१, गण्डकीबाट १ हजार ३ सय २३ र मधेश प्रदेशबाट १ हजार ३ सय २१ रोजगारदाता सूचीकृत छन् । 

सुदूरपश्चिम प्रदेशबाट ३ सय ८० र कर्णाली प्रदेशबाट सबैभन्दा कम ३ सय १४ रोजगारदाता कोषको सम्पर्कमा आएका छन् ।

सामाजिक सुरक्षा कोषमा विभिन्न योजनाहरु अन्तर्गत भदौ १ गतेसम्म कुल १ खर्ब २३ अर्ब ८ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । यसमा औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार सबै क्षेत्रको योगदान समेटिएको छ । 

विशेष गरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सबैभन्दा धेरै रकम संकलन भएको देखिन्छ, जसमा औपचारिक क्षेत्रबाट ९० अर्ब ९६ करोड ६६ लाख ७७ हजार र वैदेशिक क्षेत्रबाट ४४ अर्ब ६१ करोड ५२ लाख ७१ हजार रुपैयाँ जम्मा भएको छ । 

यसका अतिरिक्त कोषमा प्रतिफल र अतिरिक्त योगदानको हिस्सा पनि उल्लेखनीय रहेको छ ।

२१ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी

योगदानकर्ताहरुले विभिन्न जोखिम र आवश्यकताका समयमा कोषबाट सुविधा लिने क्रम पनि बढेको तथ्यांकले देखाएको छ । हालसम्म कोषले कुल २१ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । तथ्यांक अनुसार ३ लाख १२ हजार ८ सय ८४ वटा दाबी दर्ता भएकोमा १ लाख ३४ हजार ८ सय ९ वटा दाबीको भुक्तानी भइसकेको छ । 

योजनागत रुपमा हेर्दा, वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत १७ अर्ब ४५ करोड ५७ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ३ अर्ब ८३ करोड ३१ लाख ४ हजार, आश्रित परिवार सुरक्षा योजनामा ३८ करोड २४ लाख ६७ हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ३१ करोड ६३ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ५ : ०८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र