पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो । अर्जेन्टिनाका लागि कप्तान मेसीले १७ औँ मिनेटमा गोल गरेका हुन् ।

विश्वविजेता अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो खेलजीवनमा थप एक ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेसीले अर्जेन्टिनाका लागि २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । यस ऐतिहासिक खेललाई उनले उत्कृष्ट गोलमार्फत अझ विशेष बनाएका छन् ।

खेलको क्रममा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै मेसीले मैदानको मध्यभागबाट बल अगाडि बढाएका थिए । उनले पेनाल्टी बक्सभन्दा बाहिर करिब २५ यार्डको दुरीबाट प्रहार गरेको शक्तिशाली सट अल्जेरियाका गोलरक्षक लुका जिदानले रोक्ने प्रयास गरे पनि असफल भए ।

यो गोलसँगै मेसीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११८ पुगेको छ भने विश्वकप इतिहासमा यो उनको १४ औँ गोल हो । गोल गरेपछि मेसीले आफ्नो पहिलो विश्वकप गोलको जस्तै उमङ्गका साथ उत्सव मनाएका थिए ।

यसअघि, अल्जेरियाले खेलमा केही राम्रा अवसरहरू सिर्जना गरेको थियो । अल्जेरियाका फारेस चेइबीले खेलको सुरुवाती समयमा बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो ।

त्यस्तै, चेइबीले नै कठिन कोणबाट प्रहार गरेको अर्को उत्कृष्ट सटलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै बाहिर पठाए । त्यसपछिको कर्नर अवसरमा पनि चेइबीको हेड प्रहार पोस्टभन्दा बाहिरिएको थियो । अन्ततः मेसीकै उत्कृष्ट गोलको मद्दतले विश्वविजेता अर्जेन्टिनाले खेलमा सुरुवाती अग्रता बनाउन सफल भयो ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ७ : ३६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र