साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको भग्नावशेषले लागेर एक जनाको मृत्यु भएको छ । यो घटनामा दुई जना घाइते भएका छन्।

साउदी अरबको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार ताइफमा ड्रोनलाई अवरोध गरी नष्ट गरिएको थियो। त्यस क्रममा खसेको ड्रोनको भग्नावशेष लागेर एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्।

मृत्यु हुने व्यक्ति यमनी नागरिक रहेको साउदी राज्य टेलिभिजनले जनाएको छ। साउदी अधिकारीहरूका अनुसार उक्त ड्रोन यमनको इरानसमर्थित हुथी समूहले प्रक्षेपण गरेको थियो।

यो घटनासँगै यस महिनामा हुथी समूहको आक्रमणबाट साउदी अरबमा पहिलोपटक मानवीय क्षति भएको बताइएको छ।

पछिल्ला दिनमा साउदी अरबमाथि हुथी समूहका मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन्। केही दिनअघि हुथी समूहले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा साउदी अरबका तीन शहरमा १३ जना सर्वसाधारण घाइते भएका थिए।

ताइफमा भएको पछिल्लो घटनाबारे साउदी अधिकारीहरूले ड्रोनलाई आकाशमै अवरोध गरी नष्ट गरिएको र त्यसको भग्नावशेष जमिनमा खसेपछि मानवीय क्षति भएको बताएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ७ : ०० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र