बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका(२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि यहाँका बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले लगातार तीन दिन काम गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको अध्यक्ष गुरुङले जानकारी दिए ।

“मङ्गलबार, बुधबार र आज केरौँजा, केरौँजाबेँसी र रुन्चेत गाउँका ४०(५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याँक्ने, ठाउँठाउँमा मुढा तेर्‍याउने, भर्‍याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ”, उनले भने, “बाटो खुलेपछि रोकिएर रहेका १०० जना जति भर्‍याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरू पनि आउने क्रममा छन् ।” आज अबेरसम्म पनि बाटो मर्मत गर्ने काम जारी रहेको उनको भनाइ छ ।

केरौँजाबेँसीका ज्याला मजदुरी गरेर खाने स्थानीयलाई बाटो अवरुद्ध हुँदा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार स्थानीयले मर्मत गरेको बाटोमा मान्छे जसोतसो हिँड्न मिल्ने भए पनि भारी उतार्न र खच्चड हिँडाउन भने सम्भव छैन ।

“केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६०० परिवारमा खाद्यान्न ढुवानी गर्ने एउटै माध्यम खच्चड हो । अझै केही दिन ढुवानी नगर्ने हो भने त्यहाँ खाद्यान्न अभाव हुन्छ”, अध्यक्ष गुरुङले भने, “खाद्यान्न कहाँबाट लैजाने रु कसरी लैजाने रु दिनभरि मजदुरी गरेर साँझबिहान छाक टार्नेहरूले अब कसरी हात मुख जोड्ने ? भन्ने समस्या छ ।”

पालिकाको वडा नं २ केरौँजातर्फ जाने बाटो आंशिक रूपमा खुले पनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो भने अझै खुलाउन नसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जसले गर्दा चाडबाडको समयमा मानिस हिँड्डुल गर्न पाएका छैनन् । बाढीबाट प्रभावित धार्चे गाउँपालिकाको विभिन्न बस्तीमा मात्रै तत्कालका लागि अभाव टार्न एक हजार २०० बोरा चामल आवश्यक पर्ने पालिका अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  १० : ३६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र