५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?


२९ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले प्रदर्शनको १२ दिनमै विश्वव्यापी रूपमा ५०१.८० करोड भारु कमाएको छ ।

यो अजयको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ । यति ठूलो व्यावसायिक सफलता र दर्शकको चासो हुँदाहुँदै पनि निर्देशक अभिषेक पाठकले चौथो भाग निर्माण गर्ने योजना नरहेको बताएका छन् ।

निर्देशक पाठकका अनुसार ‘दृश्यम’को कथा तेस्रो भागमै पूरा भएको छ । दर्शकले फिल्म मन पराएको वा यसले राम्रो कमाइ गरेको आधारमा मात्रै अर्को भाग बनाउनु उचित नहुने उनको तर्क छ। सिक्वेल निर्माणको निर्णय कथाको आवश्यकतामा निर्भर हुनुपर्ने उनको भनाइ छ ।

तेस्रो भागमा कथालाई सुन्दर ढंगले टुंग्याइएको भन्दै पाठकले व्यावसायिक सफलताका लागि मात्रै कथा लम्ब्याएर यसको प्रभाव कमजोर बनाउन नचाहेको बताएका छन् । धेरैले चौथो भाग बनाउन सुझाव दिए पनि कथालाई कुनै न कुनै बिन्दुमा अन्त्य गर्नुपर्ने उनको धारणा छ ।

अक्टोबर २ देखि प्रदर्शनमा आएको यस क्राइम थ्रिलरमा अजय देवगनसँगै तब्बु, श्रिया सरन र जयदीप अहलावतलगायत कलाकारको अभिनय छ । ‘दृश्यम ३’ नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ ।

फिल्मले बक्स अफिसमा ठूलो सफलता पाए पनि निर्देशकले कथाको पूर्णतालाई प्राथमिकता दिएका छन् । यसले एउटा प्रश्नसमेत उठाएको छ। हरेक सफल फिल्मको सिक्वेल आवश्यक हुन्छ, कि दर्शकको मनमा कथा पूरा भएको अनुभूति छाड्नु नै राम्रो अन्त्य हो ?

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ५ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र