गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल « Khabarhub

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी जग्गा व्यवस्थापनका लागि आवश्यक कानुनको तर्जुमा भइरहेको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै मन्त्री रावलले धर्म, सभ्यता, सम्पदा, परम्परा, संस्कृति, अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण आदिलाई ध्यान दिएर कानुनको मस्यौदा भइरहेको जानकारी दिइन्। उनले विज्ञ र सरोकार भएका व्यक्ति सरकारले घनिभूत अध्ययन र छलफल गरिरहेकाले यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास दिलाइन् ।
      
बैठकमा सांसद युवराज दुलालले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले गुठीमा रहेका जग्गाको हक अधिकारबारे सरकार गम्भीर रहेको स्पष्ट गर्दै प्रचलित कानुनबमोजिम मोहियानीमा कमाइ आएको जग्गासमेत खरिद बिक्री गर्न सकिने तथा हक हस्तान्तरण हुने बताइन्। 

उनले कानुन बनाएर जग्गा रैकर गर्न सकिने र गुठीमा बनेका घरको लिलामी बैंकले नलिने भएकाले नागरिकलाई पर्ने समस्यालाई सम्बोधन गर्न कानुन तर्जुमा अवगत गराइन्। मन्त्री रावलले जग्गा खण्डीकृत नगर्न सर्वोच्च अदालतबाट भएको आदेश तथा विगतमा सरका र सम्बन्धित पक्षसँग भएको सहमतिको पालना गर्ने गरी कानुनमा व्यवस्था गरिने पनि बताइन् ।
      
विगतमा राष्ट्रियसभामा गुठी विधेयक पेस भए पनि विवादका कारण फिर्ता भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ५ : २३ बजे

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय