एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह « Khabarhub

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए।

उनले एआई र सूचना प्रविधिले शिक्षा, रोजगारी, सिर्जनशीलता तथा दैनिक जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै यसको प्रयोग ज्ञान, सीप र सकारात्मक सोचको विकासमा गर्नुपर्ने धारणा राखे।

मन्त्री श्रेष्ठले पछिल्लो समय विशेषगरी १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको बताए। यस्तो समस्या समाधानका लागि युवासँग खुला संवाद गर्ने वातावरण निर्माण गर्नुका साथै उनीहरूलाई रचनात्मक तथा सिर्जनात्मक गतिविधिमा संलग्न गराउनुपर्ने उनको भनाइ थियो।

युवाको मानसिक स्वास्थ्य र समग्र विकासका लागि परिवार, विद्यालय तथा राज्यका निकायबीच सहकार्य आवश्यक रहेको उनले बताए।

आफू युवा मन्त्री रहँदासमेत युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले युवाको क्षमता, सीप र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्ने बताए।

उनले बदलिँदो विश्व परिवेशमा युवालाई प्रविधिमैत्री, सिर्जनशील र जिम्मेवार बनाउन शिक्षा प्रणाली तथा सामाजिक वातावरणले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : ५६ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको