मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई सहयोग गर्न ठूलो रकम खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् ।

स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको उल्लेख गर्दै धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उनको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरेका छन्  । मस्क विश्वकै पहिलो खर्बपति बने पनि अमेरिकी संसद्मा रिपब्लिकन पार्टीको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ ।

‘द न्युयोर्क टाइम्स’ का अनुसार मस्कले यस वर्ष जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरेका छन् । त्यसमध्ये रिपब्लिकन सिनेट उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कार्यसमिति (सुपर पीएसी) का लागि १५ करोड ८० लाख अमेरिकी डलर खर्च गरिएको छ । यसले मस्कलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ ।

अमेरिका पीएसीका प्रवक्ता एन्ड्र्यु रोमियोले मस्कको आर्थिक सहयोगले रिपब्लिकन पार्टीलाई आफ्नो सन्देश मतदातासम्म पुर्‍याउन मद्दत गरेको बताएका छन् ।

यसैबीच, मस्कले भारतमा आफ्नो कम्पनी स्टारलिङ्कको बजार प्रवेशमा केही शक्तिशाली व्यावसायिक समूहले अवरोध गरेको आरोप लगाएका छन् । तर, भारतको सञ्चार मन्त्रालयले भूउपग्रह सञ्चार सेवासम्बन्धी अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र रेडियो स्पेक्ट्रम उपलब्ध गराइनेछ ।

भारतमा व्यावसायिक अवरोधको आरोप र अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न गरिएको ठूलो राजनीतिक खर्चका घटनाले मस्कको आर्थिक शक्तिले राजनीति र व्यावसायिक प्रतिस्पर्धामा पार्ने प्रभावबारे बहस चर्काएको छ । स्यान्डर्सले पनि धनाढ्यहरूको बढ्दो सम्पत्ति र राजनीतिक प्रभावबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : १६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र