रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् ।

रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उनको भनाइ छ ।

‘अधिवेशनहरूले नीति र नेतृत्वमा खार्दै लैजान्छ । हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ । एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरूमा संयम हुनुपर्दछ । हामी संयम हुन सक्यौँ भने पार्टी कमजोर हुँदैन’, महामन्त्री बुर्लाकोटीले भने ।

उनले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सृजना नगरिएको भन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गरे । बुर्लाकोटीले भने, ‘हामी सबैकोे योेगदानका कारण पार्र्टी बनेको हो, हाम्रो राजनीतिक भविष्य खोज्नका लागि पार्टीमा जोडिएको होइन, देशको भविष्य निर्माण गर्न रास्वपामा जोडिएका हौँ, त्यसैले सबै जना तोकिएको जिम्मेवारीमा बस्नुपर्छ ।’

उनले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदर र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने स्पष्ट पारे । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारमा अहिले कुनै पनि समस्या नरहेको बताए ।

पार्टी सभापति रवि लामिछानेले पार्र्टी सङ्गठन र वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले राजकीय जिम्मेवारी सञ्चालन गर्नेगरी दुई नेताका बीचमा जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए । पराजुलीले रास्वपाको लामो राजनीतिक अभ्यास र अनुभव नभए पनि पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको बताए ।

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई कसरी कायापलट गर्ने भन्ने मूल उद्देश्य पार्टी गठनको रहेकाले अन्य पद र जिम्मेवारीलाई ठूलो नमान्न आग्रह गरे ।

पार्टीका प्रदेश सभापति राजन गौतमले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताए । उनले गण्डकीका ६४ पालिका र ५५५ वडा तथा नौ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिए । महाधिवेशनमा ७३५ जना प्रतिनिधि सहभागी रहेका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ८ : २५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र