काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु गरेको छ ।

कार्यालयमा सेवाग्राहीको चाप, भवनको सीमितता तथा प्रविधि र जनशक्तिको क्षमताका कारण सबैलाई छिटो सेवा उपलब्ध गराउन कठिन हुने भएकाले प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन लामो समय सम्म लाइनमा बस्नुपर्ने अवस्था कम गर्ने उद्देश्यले उनीहरूको अवस्था पहिचान गरी हरियो कार्डसहितको ‘ग्रीन टोकन’ उपलब्ध गराइन्छ ।

कार्यालयका अनुसार टोकनमा सम्बन्धित सेवा लिन जानुपर्ने स्थान र पूरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी समेत उल्लेख हुन्छ । टोकन प्राप्त गरेपछि सेवाग्राहीले सम्बन्धित स्थानमा गई प्राथमिकताका आधारमा सेवा लिन सक्नेछन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन ‘ग्रीन टोकन’ सेवा सुरु गरिएको बताए ।

उनका अनुसार विशेष अवस्थाका सेवाग्राहीलाई पहिचान गरी सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो । सेवा सुरु भएयता दैनिक २५ देखि ३० जनासम्म सेवाग्राहीले ‘ग्रीन टोकन’ मार्फत सेवा लिँदै आएको प्रजिअ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ८ : ३३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र