जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा १२ वटा निर्माण उपकरण हस्तान्तरण गरेको छ। 

हस्तान्तरण गरिएका उपकरणहरूमा JCB 3DX ब्याकहो लोडर र JCB 221 एक्साभेटर जस्ता लोकप्रिय मेसिनहरू रहेका छन्। टिकाउपन, उच्च रिसेल भ्यालु र प्रभावकारी सञ्चालन क्षमताका कारण यी उपकरण नेपाली निर्माण बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्।

जेसीबी नेपालका अनुसार देशभर ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरमार्फत आफ्टर सेल्स सर्भिस उपलब्ध गराइँदै आएको छ। कम्पनीले बलियो सेवा सञ्जालका कारण ग्राहक विश्वास निरन्तर बढिरहेको जनाएको छ।

कार्यक्रममा पश्चिम नेपालका ठूला ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले भरपर्दो प्रविधि, न्यून सञ्चालन जोखिम र दीर्घकालीन लाभका कारण जेसीबी उपकरणप्रति आकर्षण बढेको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुवेदीले ग्राहकहरू लगानी प्रतिफलप्रति अझ सचेत हुँदै गएको उल्लेख गरे। उनले कार्यसम्पादन, सेवा सुनिश्चितता र दीर्घकालीन विश्वसनीयताका कारण जेसीबीप्रति विश्वास मजबुत भएको बताए।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ४५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र