जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो।

आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। जिबुटीस्थित आइओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले उद्धार तथा आपत्कालीन सहायता प्रदान गर्न आइओएमका टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको बताए । आईओएमका अनुसार दुर्घटनामा मृत्यु भएका १०९ जनामध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन्। मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन्।

दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक हुन् । आइओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलसन्धि पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको जनाएको छ।

“मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,” आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ४८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र