हजयात्रीहरूको टोली भारत फिर्ता


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पवित्र तीर्थयात्रा हज सम्पन्न गरी हजयात्रीहरूको टोली भारत फर्किएको छ । मक्काको काबा पुगेर सकुशल स्वदेश फर्कन पाएकोमा हजयात्रीहरूले निको खुसी व्यक्त गरेका छन् । उनीहरूले त्यहाँ लाखौँ मानिसका लागि गरिएको व्यवस्थापनको समेत उच्च प्रशंसा गरेका छन् ।

पवित्र यात्रा पूरा गरेर दिल्ली विमानस्थल आइपुगेका अहमद नामका एक हजयात्रीले अल्लाहको कृपाले आफ्नो यात्रा सहज भएको बताए । साउदी अरब सरकारले हजयात्रीहरूको सुरक्षा, स्वास्थ्य उपचार र आपतकालीन सेवाका लागि उत्कृष्ट प्रबन्ध मिलाएको भन्दै उनले खुसी व्यक्त गरे ।

आफ्ना परिवार र आफन्तलाई छाडेर यति टाढाको यात्रा गर्नु सहज नभए पनि त्यहाँको सरकारले उपलब्ध गराएको सुरक्षा, एम्बुलेन्स र चिकित्सक टोलीका कारण कसैले पनि कुनै समस्या भोग्नु नपरेको उनको भनाइ थियो । उनले आफू, आफ्नो परिवार र देशको समृद्धिका लागि प्रार्थना गरेको समेत जानकारी दिए ।

यसैबीच, उत्तर प्रदेशका मन्त्री दानिस आजाद अन्सारीले विमानस्थल पुगेर हजयात्रीहरूलाई भव्य स्वागत गरेका छन् । मन्त्री अन्सारीका अनुसार यस वर्ष उत्तर प्रदेशबाट १८ हजारभन्दा बढी र समग्र भारतबाट १ लाख २५ हजारभन्दा बढी तीर्थयात्री हजयात्रामा सहभागी भएका थिए । यो संख्या विश्वभरबाट हजमा जाने कुल यात्रीहरूको झन्डै १० प्रतिशत हो ।

हजयात्रीहरूको सहजता र सुरक्षाका लागि भारत सरकारले विशेष ध्यान दिएको भन्दै मन्त्री अन्सारीले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथप्रति आभार प्रकट गरे । हजयात्रीहरूले मक्का र मदिना लगायतका पवित्र स्थलहरूमा पूजापाठ गरी भारतमा शान्ति, प्रगति र भाइचाराको कामना गरेको उनले बताए । तीर्थयात्रीहरूलाई स्वागत गर्न विमानस्थलमा हजारौँ मानिसको उपस्थिति रहेको र यसले समाजमा आपसी सद्भाव, सम्मान र एकताको सन्देश दिएको मन्त्री अन्सारीको भनाइ छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ६ : ४० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र