आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मध्यावधि निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् ।

सन् २०२७ मा निर्धारित आमनिर्वाचनअघि नै निर्वाचन गराउने निर्णय गरेका सान्चेजले पुनः सत्ता नेतृत्वमा फर्किने प्रयास गरेका छन् । उनले नोभेम्बर २९ मा निर्वाचन गराउने घोषणा गरेका छन् ।

म्याड्रिडकी ८७ वर्षीया पेन्सनभोगी मारिकार्मेन अबास्कललाई दुई साताअघि घरबाट बेदखल गरिएको घटनापछि स्पेनमा आवाससम्बन्धी विरोध प्रदर्शन चर्किएको हो । देशको दीर्घकालीन आवास सङ्कटको प्रतीक बनेको उक्त घटनाले सरकारमाथि तत्काल कदम चाल्न दबाब बढाएको थियो ।

प्रधानमन्त्री सान्चेज नेतृत्वको अल्पमत सरकारले आवाससम्बन्धी प्रस्ताव संसद्बाट पारित गराउन नसकेपछि राजनीतिक दबाब थप बढेको थियो । त्यसपछि उनले मध्यावधि निर्वाचनको घोषणा गरेका हुन् ।

सन् २०१८ देखि सत्तामा रहेका सान्चेज अन्तर्राष्ट्रिय राजनीतिमा पनि चर्चित हुन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलसँगको उनको टकरावले विश्वका प्रगतिशील समूहको ध्यान आकर्षित गरेको छ । तर, स्पेनभित्र उहाँ विवादास्पद नेताका रूपमा चिनिन्छन् । विभिन्न सर्वेक्षणमा उनको दल मुख्य विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टी (पीपी) भन्दा पछाडि देखिएको छ ।

शनिबार आयोजित चुनावी सभामा सान्चेजले आफ्नो दलले पूर्ण बहुमत प्राप्त गरेमा भाडावाललाई घरजग्गाको सट्टेबाजीबाट जोगाउने कानुन थप बलियो बनाउने प्रतिबद्धता जनाए ।

उनले आवासको न्यायपूर्ण व्यवस्थाका लागि अभियान चलाउने सबैको प्रयासको प्रशंसा गर्दै अबास्कलप्रति श्रद्धाञ्जली व्यक्त गरे। अबास्कलको बुधबार अस्पतालमा निधन भएको थियो ।

स्पेनमा बढ्दो घरभाडा र आवासको अभाव प्रमुख राजनीतिक मुद्दा बन्दै गएको छ । यसले आगामी निर्वाचनमा सान्चेज नेतृत्वको सरकारका लागि चुनौती थपेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ७ : ५५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र