शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गरी शनिबार हुने प्रदर्शनअघि भारतको राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर, विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् । विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसहित अन्य नेताहरू सहभागी हुँदै आएका छन् ।

यसै साता प्रदर्शनका क्रममा गान्धीलाई केही समय हिरासतमा समेत लिइएको थियो । संसदमा विपक्षी दलका नेता गान्धीसहित अन्य नेताहरूले शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारविरुद्ध उजुरी गर्ने अपेक्षा गरिएको छ । निर्वाचन सञ्चालनको जिम्मेवारी पाएको संवैधानिक निकाय आयोगले भने आफूमाथिका आरोप अस्वीकार गरेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबारको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक अधिकारी परिचालन गरिएको छ । एएफपीका पत्रकारले सहरका प्रमुख सडकमा पहेँलो धातुका अवरोधक राखिएको र सरकारले तोकेको जन्तरमन्तर प्रदर्शनस्थलमा आवागमन प्रतिबन्धित गरिएको देखेका छन् । प्रहरीले उक्त स्थलमा र्‍याली गर्न अनुमति दिएको छैन ।

अनलाइनबाट सुरु भएको व्यङ्ग्यात्मक राजनीतिक अभियान कक्रोच जनता पार्टी (सिजेपी) ले शनिबार राजधानीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ । उक्त समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।

सिजेपीले आफ्ना स्वयंसेवक तथा समर्थकलाई प्रदर्शनअघि नै प्रहरीले हिरासतमा लिएको आरोप लगाएको छ । यस विषयमा प्रहरीले प्रतिक्रिया दिएको छैन । सिजेपीका कार्यकर्ता सौरभ दासले सामाजिक सञ्जालमा दिल्ली प्रहरी भाजपाको निजी सुरक्षादलजस्तै बनेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र