जर्मन वातावरणमन्त्री स्नाइडर नयाँ दिल्ली पुगे


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीका वातावरणमन्त्री कार्स्टेन स्नाइडर चौथो हिन्द-जर्मन वातावरण मञ्चमा सहभागी हुन चारदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। भ्रमणका क्रममा उनले भारतीय वातावरणमन्त्री र अन्य सरकारका प्रतिनिधिहरूसँग भेटघाट गरी जलवायु परिवर्तन तथा वातावरणीय मुद्दाहरूमा द्विपक्षीय सहकार्यका बारेमा छलफल गरेका छन् । ‘थप लचिलोपनका लागि सँगै’ भन्ने मुख्य नाराका साथ आयोजित यस मञ्चको उद्घाटन मन्त्री स्नाइडरले आफ्ना भारतीय समकक्षीसँग संयुक्त रूपमा गरेका छन् ।

दुई देशका वातावरण मन्त्रालयबीचको यो सर्वोच्च द्विपक्षीय मञ्च सन् २००८ देखि नियमित रूपमा हुँदै आएको छ। यस वर्षको मञ्चमा चक्रीय अर्थतन्त्र, जैविक विविधता, जलवायु कार्य र अनुकूलन, स्वच्छ प्रविधि तथा दिगो वित्तपोषण जस्ता विषयहरूलाई प्रमुख प्राथमिकतामा राखिएको छ। मन्त्री स्नाइडरसँगै उच्चस्तरीय व्यावसायिक प्रतिनिधिमण्डल पनि भारत आएको छ भने मञ्चमा दुई सय जना सहभागीहरूले दिगो प्रविधि र लगानी परिचालनका विषयमा छलफल गरेका छन्।

भारतसँगको सम्बन्धबारे बोल्दै मन्त्री स्नाइडरले विश्वव्यापी वातावरणीय तथा जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्न भारत जर्मनीको प्रमुख साझेदार रहेको बताएका छन्। उनले भारत र जर्मनीबीचको यो साझेदारीले ऊर्जा रूपान्तरणलाई गति दिने उल्लेख गर्दै भारतमा भइरहेको नवीकरणीय ऊर्जाको विकासबाट जर्मन कम्पनीहरूले पनि लाभ उठाइरहेको बताए। भारत हाल जर्मनीको बाह्य वाणिज्य चेम्बरको विश्वको सबैभन्दा ठूलो केन्द्र हो र भारतमा करिब दुई हजार जर्मन कम्पनीहरूले आफ्ना सहायक कम्पनीहरू सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ७ : २० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र