आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६ अगष्ट ९ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि ।  अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : यात्रा कठिन हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार थपिने भएकाले खर्च कटौती गर्नुपर्ने समय आएको छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सहज छ। सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । राजनीतिक नेतृत्वबाट भने त्रास बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। आफ्ना योजना कसैलाई नसुनाउनु फाइदा हुनेछ। हल्ला गर्नुभन्दा काम गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। जागिरमा बढुवा हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। साथीभाइसँगको यात्राले मनमा खुसी मिल्नेछ । पठनपाठनमा मन जानेछ ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। प्रशंसा सुन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ला। मन मिल्ने साथीको साथ मिल्नेछ ।

तुला : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको टकराबले तपाईंलाई फाइदा पुग्ने देखिन्छ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : दिन सामान्य छ। तपाईंको श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। आज जोगिएर यात्रा गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ। शुभ ग्रहको बहुमत रहेको छ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। आम्दानीका स्रोतहरु भेटिनेछन् । परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मकर : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। ठुला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। 

कुम्भ : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। काम गर्दा सोचेर काम गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ५ : ११ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र