यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार, सभापतिका लागि तीनजनाको मनोनयन दर्ता भएको छ । किशोरसिंह राठौर, गगनकुमार थापा र श्यामकृष्ण खड्की सभापति पदमा भिड्ने भएका हुन् ।

वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि उमेदवारी नपरेपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभापति खुलामा भने नौजनाको उमेवदारी दर्ता भएको छ । दुई पदका लागि नौजनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ ।

डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् ।

उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र  सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् । कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ ।

महिला उपसभापतिको एक पदका लागि पुष्पा भुसालले मात्र उमेदवारी दर्ता गराएकी छन् । अन्य आकांक्षी नभएपछि उनी निर्विरोध निर्वाचित भएकी  छन् ।

महामन्त्री महिलातर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् । महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् ।

महामन्त्री खुला दुई पदका लागि आठजनाको उमेदवारी दर्ता भएको छ । महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज, घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उमेदवारी दर्ता गराएका छन् ।

सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् । खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

आदिवासी जनजातिबाट सहमहामन्त्रीमा दुईजनाको मनोनयन दर्ता भएको छ । एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया,  नागिना यादव,  किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।

दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।

थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ । थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् ।

अल्पसंख्यक/अपांगताबाट तीनजनाले मनोनयन दर्ता गराएका छन । एक पदका लागि  नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका हुन् ।

मुस्लिमबाट तीनजनाको मनोनयन दर्ता भएको छ । एकपदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका हुन् ।

खुलामा सातजनाको मनोनयन दर्ता भएको छ । अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

पिछडिएको क्षेत्रतर्फ पनि सातजनाको उमेदवारी परेको छ । एक पदका लागि  कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका हुन् ।

सहमहामन्त्री महिलामा दुईजनाको मनोनयन दर्ता भएको छ । महिला सहमहामन्त्रीमा एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ०० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र