नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् । 

गत साउन र भदौमा भएका घटनामध्ये विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ तथा बुलिङटार गाउँपालिकामा दुई जना सर्पले डसेर बिरामी भएका प्रमुख चापागाईंले बताए । अत्यधिक गर्मी र बर्खायाम साउन र भदौमा तुलनात्मक सर्पदंशका घटना बढी हुने गरेको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सर्पदंशका बिरामीमध्ये आइसियु (सघन उपचार कक्ष) आवश्यक पर्ने बिरामीलाई चितवन पठाइने गरेको छ । अन्य बिरामीको उपचार भने जिल्लाका स्वास्थ्य संस्थाहरुमा हुने गरेको छ ।

उनले भने, ‘जिल्लामा गोमन, करेत, भाइपर, राजगोमन प्रजातिका विषालु सर्प पाइन्छ ।’ त्यस्तै साउन र भदौमा जनावरको टोकाइबाट दुई हजार ७७ जना मानिस घाइते भएका छन् । 

प्रमुख चापागाईंका अनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते भएका हुन् । त्यसमध्ये कावासोती नगरपालिकामा मात्रै एक हजार ५५१ जनालाई जनावरले टोकेको चापागाईंले जानकारी दिए । 

त्यस्तै, देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई/दुई जनालाई जनावरले टोकेको प्रदेश जनस्वास्थ्य कार्यालयबाट थाहा भएको छ ।

जिल्लामा बर्सेनि १० हजार बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका चापागाईंले बताए । रेबिजविरुद्धको सुई जिल्लामा पर्याप्त रहेकाले जनावरको टोकाइबाट घाइते बिरामीलाई उपचारमा सहज भएको अस्पतालको भनाइ छ ।
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : ३० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र