आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर ५ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा कमाउन थप मिहिनेत गर्नुपर्ने दिन छ। तपाईंको बोलीको कारण आफन्त टाढा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। पुरानो गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। अग्रजको सल्लाहमा गरेको काममा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिने गर्नुपर्ने देखिन्छ। राजनीतिमा भने फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। व्यापार व्यवसायबाट नाफा हुनेछ। विपक्षीसँगको कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। विदेशी लगानी फस्टाउनेछ।

सिंह : दिन सामान्य छ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। मन अशान्त बन्ने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि खराब आरोप लाग्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कन्या : दिन राम्रो छ। छोटो घुमघाम तय हुनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारको सहयोगमा गरेको काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। तपाईंको कामको प्रशंसा हुनेछ। राजनीतिक र कूटनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन छ। परिवारको साथसहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला।

धनु : दिन सामान्य छ। सानातिना कुरामा चिटचिटाहट बढ्नेछ। आम्दानीभन्दा खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट केही लाभ मिल्ने योग परेको छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। पारिवारिक जिम्मेवारीमा दिन बित्नेछ।

मीन : दिन सामान्य छ। सानातिना कुराले मनमा तनाव बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भने केही सुधारका संकेत देखिनेछ। परिवारको साथ मिल्नेछ। 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ०७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र