राप्रपामा ठूलो विभाजन, १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग 


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर, पार्टी नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

घोषणापत्रमा राप्रपाको एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको ‘हिनभाव, कमजोरी र आत्मकेन्द्रित शैली’ का कारण ती सम्भावनाहरू क्षीण भएको दाबी गरिएको छ। पार्टी नेतृत्वले केन्द्रीय कार्यसमिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन्।

पार्टीले लिएको संवैधानिक राजसंस्था पुनर्स्थापनाको मूल एजेन्डाबाट नेतृत्व विचलित भएको, संगठनभित्र जवाफदेहिता र आन्तरिक लोकतन्त्र कमजोर बनेको तथा विधानविपरीत गतिविधि बढेको उनीहरूको आरोप छ। यस्ता कारणले पार्टी जनताबाट टाढिँदै गएको र पछिल्ला निर्वाचनहरूमा अपेक्षित परिणाम हासिल गर्न नसकेको दाबी घोषणापत्रमा गरिएको छ।

घोषणापत्रमा राप्रपाको वर्तमान नेतृत्वबाट सुधारको सम्भावना नदेखिएको उल्लेख गर्दै पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरिएको जनाइएको छ।

पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा पूर्वमन्त्री तथा नेता डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, प्रवक्ता सगुन सुन्दर लावती लगायतका नेता छन्। सूचीमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरू समेत रहेका छन्।

यस्तो छ पार्टी परित्याग गर्नेको सूची–

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  २ : १० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र