तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक विपत्तिपछि बेली ब्रिजसहितका आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार सिगात्सेस्थित रिजी बन्दरगाहमा आयोजित कार्यक्रममा सिजाङ स्वायत्त क्षेत्रले पठाएको राहत सामग्री औपचारिक रूपमा नेपाल पक्षलाई हस्तान्तरण गरिएको हो।

राहत सामग्रीमा बेली ब्रिज निर्माणका लागि आवश्यक प्यानल, बलियो सस्पेन्सन रड, सपोर्ट फ्रेम, पुलको डेक तथा आई(बिमलगायत विशेष उपकरण रहेका छन्। उक्त सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने बताइएको छ।

यी सामग्री नेपालका पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध भएका महत्वपूर्ण यातायात सम्पर्क पुनःस्थापना गर्न तथा उद्धार र राहत कार्यलाई सहयोग पुर्‍याउन प्रयोग गरिनेछ।

रिजी बन्दरगाहमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी स् सुखदुःखमा एकताबद्ध, सिचाङ नेपाललाई सहयोग गर्न तत्पर’ लेखिएको ब्यानर राखिएको थियो।

यसैबीच, बिहीबार नै दिन सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच राहत सामग्री हस्तान्तरणसम्बन्धी समारोह पनि आयोजना गरिएको थियो।

नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।

नेपाली पक्षले विपत्तिपछि चीनले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ।

सिचाङ स्वायत्त क्षेत्रको समयमै प्राप्त सहयोगले हिमाल र नदीले जोडिएका नेपाल र सिचाङका जनताबीचको गहिरो मित्रता र विपत्तिको समयमा हुने पारस्परिक सहयोगलाई प्रतिबिम्बित गरेको नेपाली पक्षको भनाइ छ।

चिनियाँ पक्षले यस सहयोगलाई नेपाल र चीनबीच साझा भविष्यको समुदाय निर्माण गर्ने अवधारणाको व्यावहारिक उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : २० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र