ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल « Khabarhub

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गेलालले ग्यास अभावको सूचना प्राप्त हुनासाथ प्रशासनले उद्योगी तथा व्यवसायीलाई बोलाएर आपूर्ति सहज बनाउन आवश्यक समन्वय थालेको बताए । 

उनले बजारको निरन्तर अनुगमन गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन प्रशासन सक्रिय रहेको पनि जानकारी दिए ।

‘कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठग्ने प्रयास गरिए तत्काल कारबाही गर्छौँ’, प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘छलफलमा ग्यास उद्योगीले आपूर्ति व्यवस्थापनमा केही समस्या देखिए पनि झापामा ग्यासको वास्तविक अभाव नरहेको बताएका छन् ।’

उद्योगी मार्स प्रसाईँले उपभोक्तालाई आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापन सहज बनाउन उद्योगी, नेपाल आयल निगम र जिल्ला प्रशासनबीच निरन्तर समन्वय भइरहेको बताए ।

उनका अनुसार आधा सिलिण्डरबाट पुनः १४.२ केजीको पूर्ण सिलिण्डर वितरण प्रणालीमा फर्किएपछि आपूर्ति श्रृङ्खलामा केही दबाब मात्र परेको हो । केही समयमै आपूर्ति व्यवस्था सहज भई भई उपभोक्तालाई आवश्यक ग्यास उपलब्ध गराउन उद्योग र उद्योगी  सक्षम हुने छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ४१ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका