भारतीय सौर्य मिसन ‘आदित्य-एल १’ का नयाँ अनुसन्धानले सूर्यका रहस्यहरू उजागर गर्दै


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको पहिलो सौर्य मिसन ‘आदित्य-एल १’  ले सूर्यका धेरै पुराना र जटिल रहस्यहरूलाई उजागर गर्ने दिशामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। 

वैज्ञानिकहरू लामो समयदेखि अल्मलिएका केही गम्भीर प्रश्नहरू, विशेष गरी सूर्यको बाहिरी वायुमण्डल अर्थात् कोरोना किन यसको सतहभन्दा लाखौँ गुणा बढी तातो हुन्छ र यो अत्यधिक उच्च तापक्रमलाई कसरी निरन्तरता दिइरहन्छ भन्ने विषयमा यो मिसनले नयाँ तथ्यहरू बाहिर ल्याएको छ। 

पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा ‘ल्याग्रेञ्ज पोइन्ट १’ मा स्थापित यस अन्तरिक्ष वेधशालाले पठाएका तथ्यांकहरूले सौर्य आँधी, सौर्य वायुको गति र सूर्यको चुम्बकीय क्षेत्रको बनोटबारे अभूतपूर्व जानकारी दिएका छन्। 

वैज्ञानिकहरूका अनुसार सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस मात्र भए पनि यसको बाहिरी घेरा वा कोरोनाको तापक्रम भने १ करोड देखि ३ करोड डिग्री सेल्सियससम्म पुग्छ। यो विरोधाभासपूर्ण वैज्ञानिक मानतालाई बुझ्न आदित्य ले संकलन गरेका कडा वैज्ञानिक डेटाले ठूलो सहयोग पुर्‍याएको छ। 

इसरोका वैज्ञानिकहरूले यस मिसनमार्फत प्राप्त नतिजाहरूले अन्तरिक्ष मौसमको पूर्वानुमान गर्न र पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका उपग्रहहरू तथा संचार सञ्जालमा पर्ने सौर्य आँधीको खतराबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। यस सफलतासँगै भारतको अन्तरिक्ष कार्यक्रमले सौर्य भौतिकशास्त्रको क्षेत्रमा पनि विश्वव्यापी रूपमा आफ्नो बलियो उपस्थिति जनाएको छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ६ : २७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र