आईसीसीको ‘सिक्सर क्लब’मा युवराज सिंहदेखि कुशल भुर्तेलसम्म : को को छन् अरु ?


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ओपनर कुशल भुर्तेलले पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन् । चीनविरुद्धको खेलमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै भुर्तेलले विश्व क्रिकेटको दुर्लभ र प्रतिष्ठित सूचीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, सन् २०२६ मा चीनविरुद्धको खेलमा यो सनसनीपूर्ण ब्याटिङ गर्दै भुर्तेल विश्व क्रिकेटकै छैटौँ खेलाडी बनेका छन् ।

यसअघि नेपालकै अर्का चर्चित अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सन् २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर सनसनी मच्चाएका थिए । कुशलको यो सफलतासँगै पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एउटै देशबाट दुई अलग-अलग खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेको यो पहिलो ऐतिहासिक अवसर हो ।

विश्व क्रिकेटमा एउटै ओभरमा ६ छक्का प्रहार गर्नुलाई निकै दुर्लभ र चुनौतीपूर्ण मानिन्छ । कुशल भुर्तेलले यो उपलब्धि हासिल गरेसँगै उनी विश्वका दिग्गज खेलाडीहरूको सूचीमा उभिएका छन् । आईसीसीको सूची अनुसार हालसम्म पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सफलता प्राप्त गर्ने खेलाडीमा भारतका युवराज सिंहदेखि नेपालका कुशल भुर्तेलसम्म छन् ।

चीनविरुद्ध ब्याटिङ गर्दै नेपालका कुशल भुर्तेल । उनले ४३ बलमा १२९ रन बनाए । तस्बिरः क्यान

नेपाली ब्याटरले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा देखाएको यो आक्रामक रूपले विश्व क्रिकेटलाई नै स्तब्ध बनाएको छ । दुई वर्षअघि दीपेन्द्रले बनाएको कीर्तिमानलाई पछ्याउँदै कुशलले पनि सोही श्रेणीको प्रदर्शन गरेपछि नेपाली क्रिकेटको आक्रामक ब्याटिङ क्षमता विश्वभर चर्चाको विषय बनेको छ । कुशलको यो कीर्तिमानी इनिङ्सले नेपालको टी-२० क्रिकेट यात्रामा अर्को एउटा स्वर्णिम पाना थपेको छ ।

‘सिक्सर क्लब’

युवराज सिंह (भारत) — सन् २००७ (विरुद्ध इङ्गल्यान्ड)

किरोन पोलार्ड (वेस्टइन्डिज) — सन् २०२१ (श्रीलङ्का)

दीपेन्द्र सिंह ऐरी (नेपाल) — सन् २०२४ (कतार)

डारियस विसर (सामोआ) — सन् २०२४ (भानुअतु)

मनान बशिर (बुल्गेरिया) — सन् २०२५ ( जिब्राल्टर)

कुशल भुर्तेल (नेपाल) — सन् २०२६ (चीन)

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ८ : २५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र