गुल्मीमा ३५५ प्रजातिका चरा


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न ३० प्रजातिका चरा फेला परेका उनले बताए ।

नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेका छन् ।

यहाँ विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चरा रहेका भट्टराईले बताए । ती चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । यस्तै, काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रहेको छ ।

“यहाँ नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये करिब ४० प्रतिशत चरा फेला परेका छन् । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर यस क्षेत्रमा पाइने भएका कारण यसको संरक्षणका लागि वासस्थानलाई जोगाउन लाग्नुपर्ने आवश्यकता छ”, भट्टराईले भने ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा धार्मिक पर्यटनसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेकाले यसको प्रचार र संरक्षणका लागि लाग्नुपर्ने बताउनुभयो । यसले पर्यटन प्रवर्द्धन र स्थानीयस्तरमा जीविकोपार्जनमा टेवा पुग्ने भएकाले नगरपालिकाले यसमा काम गर्ने बताए ।

पंछी संरक्षण सङ्घले विगत १० वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १० : ४८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र