तपाईँ शाकाहारी हो ? प्रोटिनका लागि यी खानेकुरा खानुस्


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जब शरीरमा प्रोटिनको कमी हुन्छ तब तपाइको शरीर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिँदा धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह दिन्छन् । 

तर, मासु र अन्डा नहुँदा शाकाहारी खानाबाट पनि प्रोटिन पाइन्छ भन्ने कुरा जान्नु पनि उत्तिकै जरुरी छ । उसो भए जानौँ न त, कुन खानेकुराहरू बढी मात्रामा प्रोटिनयुक्त रहेका छन्, जसलाई तपाईँले आफ्नो खानपिनमा प्रोटिन परिपूर्तिका लागि समावेश गर्न सक्नुहुन्छ।

त्यसैले ढिलो नगरी जानौँ ती सुपर फूडका बारेमा, जसले मधुमेहका बिरामी र रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने छन्।

सोयाबिन

सोयाबिन प्रोटिनको स्रोत प्रमुख मानिन्छ किनभने जसबाट तपाईँले १०० ग्राममा लगभग २९ ग्राम प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ।

हरियो केराउ

हरियो केराउ एक प्रकारको तरकारी हो, जसमा १०० ग्राममा करिब ९ ग्राम प्रोटिन हुन्छ।  रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन केराउमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ।

चना

चना एक प्रकारको दाल हो, जसको १०० ग्राममा करिब १९ ग्राम प्रोटिन हुन्छ। यसले मांसपेशी बलियो बनाउन पनि काम गर्छ।

बदाम

बदाम एक प्रकारको नट हो, जसको १०० ग्राममा लगभग २० ग्राम प्रोटिन हुन्छ। यसले तपाईँको शरीरलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ।

तोफु

एक प्रकारको सोयाबिनको परिष्कृत उत्पादन हो, जसमा १०० ग्राममा लगभग २० ग्राम प्रोटिन हुन्छ।

राजमा

राजमा एक प्रकारको दाल हो, जसको १०० ग्राममा तपाईँको शरीरले लगभग २२ ग्राम प्रोटिन प्राप्त गर्न सक्छ।

क्वाटी 

क्वाटी एक बिरुवामा आधारित प्रोटिन हो, जसले १०० क्वाटीमा लगभग २५ ग्राम प्रोटिन हुन्छ।

नट्स

यी प्रोटिनको राम्रो स्रोत हो । जस्तो कि तपाईँको शरीरले ३० ग्राम बदाममा ८ ग्राम प्रोटिन, ३० ग्राम ओखरमा ४ ग्राम प्रोटिन र ३० ग्राम हेजलनटमा ४ ग्राम प्रोटिन पाउन सकिन्छ । यो ध्यानमा राख्नु महत्त्वपूर्ण छ कि प्रोटिन आवश्यकताहरू व्यक्तिको उमेर, लिङ्ग र शारीरिक गतिविधिमा धेरै भर पर्ने गर्छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ३७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र