प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ « Khabarhub

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयमा सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाइसँगै जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ सुरु गरिएको सो कार्यक्रमप्रति विद्यार्थीको आकर्षक बढेको देखिएको छ ।

विद्यार्थीको विज्ञान विषयमा अभिरुची जगाउँदै भविष्यमा वैज्ञानिक र सिर्जनशील उद्यमी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ नेपाली परिवेशलाई समेत दृष्टिगत गरी कार्यक्रम सुरु गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयका निर्देशक धनश्याम पौडेलका अनुसार सो कार्यक्रममा सहभागी विद्यार्थीले कृषि, पशुपालन, इन्जिनियरिङ, हस्तकलासँग सम्बन्धित सामग्री उत्पादन गर्न सक्नेछन् र केही रकम पनि आयआर्जन गर्नसक्ने छन् ।  

उनका अनुसार समाजका जेहनदार, विपन्न एवं सीमान्तकृत वर्गका विद्यार्थीको शिक्षासँगै आयआर्जन वृद्धिका लागि रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वासका साथ प्रदेशका विभिन्न ३४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको छ ।

‘पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ’, उनले भने, ‘कार्यक्रमबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र आर्थिक स्तरीकरणमा सहयोग पुग्ने विश्वास लिइएको  छ ।’

बजारको मागमा आधारित विशिष्टीकृत जनशक्ति उत्पादनमा केन्द्रित रहने गरी प्रदेशभरका सामुदायिक विद्यालय लक्षित उक्त कार्यक्रममा दुई हजार ५०० विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् ।

प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रमको सुरुआतमा प्रत्येक विद्यालयलाई पाँच लाख र त्यसपछि प्रतिवर्ष रु दुई लाखका दरले आर्थिक सहयोग गर्ने व्यवस्था रहेको बताउँदै निर्देशक पौडेलले भने, ‘प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक। एक ‘स्टेमल्याब’ सञ्चालनमा आएका छन् ।’ कतिपय विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवेदन नदिँदा उक्त अवसरबाट विद्यार्थी वञ्चित भएको प्रदेश सरकारले जनाएको छ ।

नवलपुरको देउचुली नगरपालिकास्थित भीमसेन आदर्श माविका विद्यार्थीले नौमती बाजा एवम् मौरिपालनबाट आयआर्जन गर्न सुरु गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बाँस्तोलाले जानकारी दिए । कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यस वर्ष १५० विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

बाँस्तोलाले भने, ‘प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समुहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्ने र तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रवृत्ति कार्यविधि तयार गर्ने काम पूरा भएको छ ।’

उनका अनुसार विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सिपसँग जोड्ने काम गरिरहेका छन् । 

‘विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र नै तरकारी खेती, हस्तकलाका सामाग्री उत्पादन, पशुपालनलगायतका विभिन्न ज्ञानलाई सिपसँग जोड्ने काम गर्दै आएका छन्, कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागिता रहँदै आएका छन्, विद्यार्थीको पढाइलाई निरन्तरता दिँदै फुर्सदको समयमा सीप सिकाउने व्यवस्था गरिएको छ’, उनले भने।

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ महतगौँडास्थित जानकी माविमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमअन्तर्गत बाँसका हस्तकला सामग्री उत्पादन सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारद्धारा सञ्चालित सो कार्यक्रमअन्तर्गत कक्षा ७ देखि १० सम्मका २२ छात्रछात्राले बाँसबाट पेन होल्डर, टिस्युपेपर होल्डर, मन्दिर, ढकियालगायतका विभिन्न सामग्री निर्माण गर्दै आएका छन् । उक्त कार्यक्रमका लागि सरकारले यस आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराएको छ ।

कलम समात्ने कलिला हातले चक्कू र हँसिया समातेर पढाइसँगै कमाउन सुरु गरेका विद्यार्थीले उत्पादित सामग्री बिक्रीबाट आयआर्जन गर्न थालेको प्रशिक्षक एवं विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्यले जानकारी दिए ।

सो कार्यक्रमको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेल नेतृत्वको टोलीले स्थलगत अनुगमनपछि कार्यक्रम उपलब्धिमूलक र प्रेरणादायी भएको जनाएको छ । टोलीले  उत्पादित सामग्रीको बजारीकरण र व्यवस्थापनमा सबैको साथ–सहयोग हुनुपर्नेमा जोड दिएको छ । सो विद्यालयमा ३५० विद्यार्थी रहेको र हस्तकला सामग्रीको उत्पादनसँगै शैक्षिक गुणस्तर तथा विद्यार्थी सङ्ख्या वृद्धि भएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।

सो कार्यक्रममा सहभागी विद्यार्थीले हस्तकलाका सामग्री हातैले बनाउँदा लागत महङ्गो पर्ने, समय बढी लाग्ने, शुल्क बढी निर्धारण गर्दा बिक्री नहुने समस्या देखिएकाले मेसिनको व्यवस्था भइदिए सुरक्षित, समयको बचावट भई सस्तो दररेटमा बेच्न सकिने सुझावसहित सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।

पछिल्लो समय गण्डकी प्रदेशले सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमप्रति आमविद्यार्थीको आकर्षण बढेको, विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको र अभिभावकमा खुसियाली देखिएकाले कार्यक्रम लागू गरी लाभान्वित हुन सम्बद्ध पक्षको ध्यानाकषर्ण गरिएको छ ।

रासस

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ०९ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने