करिडोरले फेरिँदै हर्मिचौरवासीको दैनिकी « Khabarhub

करिडोरले फेरिँदै हर्मिचौरवासीको दैनिकी


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– ‘पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ’, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, ‘करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।’

कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए। 

हर्मिचौरमा सिलाइ–कटाइ पसल सञ्चालन गरिरहनुभएका वीरबहादुर दर्जीलाई पनि  सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ । पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए। 

‘सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ’, उनले भने। उनले आफू र आफूजस्तै व्यवसायीलाई करिडोर निर्माणले सहज बनाएको बताए ।
    
भारतको कोरलानाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ । गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन् । 

करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ । त्यसैगरी बुटबल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ । करिडोर नहुँदा यहाँबाट काठमाडौँ जान बाग्लुङ वा रिडी गएपछि मात्र बस चढ्नु पर्दथ्यो भने अहिले घरबाटै रात्रिकालीन सेवाको बस चढ्न पाइने भएको सत्यवतीकी मीना क्षेत्रीले बताए।

रिडीबाट पूर्तिघाटसम्मको व्यापार गुल्मी सदरमुकाम भन्दा बुटबल र बागलुङसँग बढी नजिक छ । त्यसमा सडकले थप सहजता मिलेको छ । करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको सङ्ख्यामा व्यापारिक फर्महरू खुलेका छन् । होटल तथा रेस्टुराँ कृषि फार्म, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिकलगायत खुल्न थालेको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लिलबहादुर केसीले बताए ।

‘करिडोर निर्माणले पर्यटक प्रवर्द्धनमा समेत सहयोग मिलेको छ’, उनले भने।

व्यावसायिक फर्महरू स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सृजना भएको छ भने अर्कातर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ । फार्महरू पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत वृद्धि भएको त्यस क्षेत्रका पूर्वसासंद एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए।

“करिडोरले यातायात मात्र होइन, यस क्षेत्रको भविष्य नै बलियो बनाएको छ, करिडोर निर्माण नभएको भए यो विकट रहन्थ्यो”, उनले भने। 

नवलपरासीको गैँडाकोटबाट चीनको उत्तरी भाग कोरलासम्म फैलिएको कालीगण्डकी करिडोर दुई सय ५४ किलोमिटरको छ । जसमा नवलपुलमा ७८, पाल्पा र बाग्लुङमा ३६ किलोमिटर सडकखण्ड पर्छ । हालसम्म १९७।३ किलोमिटर सडक कालोपत्र भएको छ । करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बागलुङमा एक पालिका छोएको छ । 

करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन् । सातवटा निर्माणाधीन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालीगण्डकी करिडोर कार्यालयका इन्जिनियर अरुण खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ०९ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्