आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग « Khabarhub

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न आग्रह गर्दै आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित माग गर्न माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारसँग राहत र क्षतिपूर्तिको माग गर्दै आगलागी प्रभावित जिल्लाका कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउन निर्देशन दिएका छन् ।

कांग्रेसको विज्ञप्ति

हालै देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरूमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौँ व्यक्ति घाइते, सयौँ चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रूपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । आगलागीको यो घटनाका कारण आफ्नो आवास गृह सहित धनसम्पत्ति गुमाउनु भएका परिवारजनहरुप्रति सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक सहानुभूति प्रकट गर्नु भएको छ । 

सभापति देउवाले— आगलागीमा परी जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न सरकारसँग आग्रह गर्दै आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रवन्ध गर्न सभापति देउवाले सरकारसँग जोडदार माग गर्नु भएको छ ।

आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पु¥याउन निर्देश गर्नु  भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला