पार्किङ हटेपछि न्युरोडका व्यापारी भन्छन् ‘सरकारले हामीलाई लखेट्न खोज्यो’ « Khabarhub

पार्किङ हटेपछि न्युरोडका व्यापारी भन्छन् ‘सरकारले हामीलाई लखेट्न खोज्यो’



काठमाडौं – न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरपालिकाले आजदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।

महानगरका अनुसार न्युरोडको धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

सडकमा पार्किङ निषेधको विरोधमा व्यापारीहरू आज सटर बन्द गरेर सडकमा आएर प्रदर्शन गरेका थिए । उनीहरूले निर्णय सच्याउन वडा कार्यालयमा गएर आग्रह समेत गरेका थिए । पार्किङ निषेधले आफूहरूको व्यापार व्यवसाय ठप्प हुने उनीहरूको गुनासो छ ।

महानगरले न्युरोडमा कोही पनि व्यापारीलाई पार्किङ बन्द गर्ने पूर्व सुचना नदिएको भन्दै आन्दोलनमा उत्रिएको ताम्राकार कम्प्लेक्सका संस्थापक अध्यक्ष जगत साउदले बताए ।

उनले भने, ‘कसैलाई पनि जानकारी नदिई महानगरले पार्किङ हटायो । यसको विरोधमा आज हामी सटर बन्द गरेर प्रदर्शनमा आएका हौं ।

न्युरोड भित्री सडक हो यहाँको सडकले ज जाम भएको थियो न कुनै असर यत्तिकै पार्किङ हटाउने निर्णय सही भएन।’ पार्किङ हटाउने बारे वडा अध्यक्षलाई समेत जानकारी नभएको उनले गुनासो गरे ।

महानगरले न्युरोडको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएकोमा पनि व्यापारी सन्तुष्ट छैन् । काठमाडौं टावरमा उपलब्ध पार्किङले न्युरोडको भार नधान्ने उनीहरूको तर्क छ ।

न्युरोडमा सामान किन्न आउने मानिस बानेश्वरमा पार्किङ गरेर नआउने भन्दै उनीहरूले महानगरले आफुहरुले तिरीरहेको करको अवमूल्यन गरेको बताए ।

काठमाडौं महानगरका प्रमुख बालेन शाहले न्युरोडको पार्किङ हटाउन खोज्नु सबै पसल बन्द गरेर खाडी जाउ भन्न खोजेको जस्तो भएको व्यापारीको भनाई थियो ।

पार्किङ नहुँदा ग्राहक नआउने भन्दै न्युरोडका मोबाइल व्यवसायी प्रविन शाक्यले भने, ‘महानगरले पार्किङ हटाउने हो भने ग्राहकलाई पसलसम्म आउन सहज हुने गरी पार्किङको व्यवस्था गर्नुपर्छ ।’ ग्राहकहरू पसलभन्दा टाढा पार्किङ गरेर सामान किन्न नआउने उनको गुनासो थियो ।

पार्किङ हटाएको विषयमा व्यापरीहरु आन्दोलनमा उत्रिएको बेला न्युरोड क्षेत्रमा सवारी चलाउनेहरू भने सन्तुष्ट देखिन्थे । लामो समयदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका रामहरी श्रेष्ठले महानगरले न्युरोडको गन्जागोल पार्किङ हटाएर राम्रो काम गरेको बताए ।

उनले भने, ‘न्युरोडको पार्किङले पैदल यात्रीलाई हिड्न पनि समस्या हुँने गर्दथ्यो, अब पार्किङ हट्यो खुसी लागेको छ ।’ पैदल यात्री मात्र नभएर सो बाटो हुँदै हिँड्ने बाइक र ट्याक्सीलाई पनि सजिलो हुने उनले बताए ।

सो क्षेत्रका व्यापारीहरू भने पार्किङले राज्य तथा नागरिक कसैलाई पनि असर नगरेको भन्दै पार्किङ खुला गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : २७ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने