भारतीय गायक सोनु निगम नेपाल आउँदै


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताएका हुन् ।

उनले भने, “मैले नेपाली गीत धेरै गए पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।”

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए ।

“उहाँले धेरै नेपाली गीत गाउनुभएको छ । यसअघि नेपालमा उहाँलाई लिएर कन्सर्ट आयोजना भएको छैन । सोही कारण हामीले उहाँलाई नेपालीमाझ प्रस्तुत गर्न लागेका हौँ । उहाँले साङ्गीतिक समूहसँग आफ्नो प्रस्तुति दिनु हुनेछ । उहाँ नेपाल आउने सन्दर्भमा निकै उत्साहित र प्रतीक्षारत हुनुहुन्छ”, निर्देशक घिमिरेले भने । उनले लाइट र साउण्डको सामान मिलाएर स्टेज तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसक्नुभएको निर्देशक घिमिरेले जानकारी दिए। “हामीले कार्यक्रमलाई सभ्य र भव्य बनाउने प्रयासमा तयारी गरेका छौँ । सोहीअनुसार अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा पनि कार्यक्रम गर्न सुरु गरेका हौँ । आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारीमा छौँ”, उनले भने ।

गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् ।

उक्त कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउनुहुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : २७ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र