नदी सरसफाइमा राजविराजका युवा सक्रिय « Khabarhub

नदी सरसफाइमा राजविराजका युवा सक्रिय


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज – जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् ।

 ‘सरसफाइ तपाईंको हातमा, हामी युवा तपाईंको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।

देशमा अपरिर्वतन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा यहाँ युवा सक्रिया हुँदै आएका सप्तरी युथ क्लबले जनाएको छ ।

क्लबको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित यहाँका अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।

खोलामा छरिएर रहेका फोहर, घाँस, नाला तथा खोलाभित्र वर्षौँदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उनले उल्लेख गरे । युथ क्लब नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको आज ११ औँ हप्तामा पुगेको छ ।

कार्यवाहक अध्यक्ष यादवलेजिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हुँदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको बताए। 

‘उक्त खोलालाई आफ्नो स्वरूपमा फर्काउन युवाको सहयोगमा आज पनि सरसफाइ गरिएको छ’, उनले भने ।

जलवायु परिर्वतनलाई मध्यनजर गरी राजविराज–८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको छ । क्लबको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उनले जानकारी दिए।

कार्यवाहक अध्यक्ष यादवले भने, ‘समुदायलाई सफा, स्वस्थ बनाउन, पर्यावरणीय सन्तुलन  कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौँ । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग छ ।’ 

एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षरोपण गर्ने योजना रहेको बताउँदै उनले यसमा सबैको सहयोगको अपेक्षा गरे ।

भलुवाही खोलामा सबै तिरबाट आएको फोहरका कारण वातावरणलाई प्रतिकूल प्रभाव पार्नुका साथै लामखुट्टे, किराफट्याङ्ग्रा लगायतको जोखिम बढेको क्लबका सचिव आयुष श्रेष्ठले बताए ।

‘सरसफाइ थालिएसँगै स्थानीयको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ’, उनले भने । 

खोलाको फोहरका कारण समान्य वर्षा हुँदा पनि बाढीले राजविराज नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयले बताएका छन् । क्लबले राजविराजस्थित सरकारी कार्यालय अगाडिका बाटोमा फूलका बिरुवा लगाउन थालेको छ । 

रुपनी बसपार्क, राज रंगशाला हुँदै राम मन्दिरसम्मको दुई किलोमिटर बाटोमा फूल लगाउन थालिएको क्लबका सचिव श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ३ : ३७ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम