वन्यजन्तुका कारण गहुँखेती गर्नै छाडे किसानले « Khabarhub

वन्यजन्तुका कारण गहुँखेती गर्नै छाडे किसानले


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वी नवलपरासीको कावासोती-११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाडेको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उनले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाडेका हुन् ।

पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका हुन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ । केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिङ्गे गैँडा केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउँछन्। ‘सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैँडाले फेदसम्मै खाइदिन्छ, त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुदैन’, उनले भने।

निकुञ्जबाट निस्कने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भए पनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती–१२ का राजेश लम्सालले बताए। ‘दुःखले लगाएको खेती गैँडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि  साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो’, उनले भने। विशेषगरी एकसिङ्गे गैँडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडा गहुँखेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँखेती गर्ने किसानको सङ्ख्या क्रमशः घट्दै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए । मध्यवर्ती क्षेत्रका किसानले लगाएको गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँखेती घट्दै गएको पौडेल बताउँछन्। 

जिल्लाको दक्षिणी क्षेत्रमा गहुँखेती गर्ने किसान घट्दै गए पनि उत्तरी क्षेत्रमा भने गहुँखेती हुने गरेको पौडेलले बताए। उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८-७९ मा सात हजार चार सय ४० हेक्टर जमिनमा २० हजार नौ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु आव २०७९-८० मा सात हजार चार सय ४५ हेक्टर जमिनमा २१ हजार दुई सय १८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ०५ बजे

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध