ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण : स्वर्णिम वाग्ले « Khabarhub

ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण : स्वर्णिम वाग्ले


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । 

ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा संकट केही हदसम्म समाधान हुने बताएका छन् । 

कुलेखानी जलविद्युत् आयोजना बनेको ४० वर्षपछि मात्र पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको भन्दै वाग्लेले यस आयोजना ऊर्जा सुरक्षाको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण हुने उल्लेख गरे । आयोजना निर्माणका क्रममा स्थानीय जनसरोकारवाललाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

वाग्लेले भने, ‘वर्षामा धेरै पानी पर्ने हुँदा त्यसबेला धेरै विद्युत् उत्पादन हुने तर हिउँदमा पानी सुक्दै जाने र विद्युत् उत्पादन पनि घट्दै जाने हुँदा सरकारले धेरै भन्दा धेरै जलाशययुक्त आयोजना बनाउनुपर्छ ।’ बूढीगण्डकी र नलसिंङगाड विद्युत् आयोजना जलाशययुक्त भएकाले त्यसको पनि चाँडै निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

विद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र, मुआब्जा र विस्फोटक पदार्थको आयातमा मुख्य समस्या हुने हुँदा यी तीनवटै समस्या समाधानका लागि नीतिगत रुपमा नै सम्बोधन हुनुपर्ने वाग्लेको भनाइ थियो । तीन प्याकेजमा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०७८ भदौ १४ मा ठेक्का सम्झौता भएर कार्यान्वयनमा आएको थियो । 

उक्त आयोजनाको बाँध निर्माणका लागि नदी डाईभर्सन कार्य सम्पन्न भई बाँध निर्माण सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम प्याकेज–२ मा परेका छन् । यसका लागि विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् निर्माण कम्पनीले विसं २०७५ माघ ६ गतेदेखि आयोजना स्थलमा परिचालित भई निर्माण जारी राखेको जनाएको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङिक्रटिङ तथा टर्वाइन लगायतका उपकरण जडान भइरहेका छन् । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशत भन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । 

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किटप्रसारण लाइन निर्माणका लागि विसं २०७५ पुस १० गते खरिद सम्झौता भई सोही वर्षको फागुन १० गतेदेखि कार्यान्वयनमा आएको थियो । ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ को जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका ४ र बन्दीपुर गाउँपालिका-६ मा ३३-११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

उक्त सबस्टेसनसम्म विद्युत् पुऱ्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ४३ बजे

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्