गर्मी मौसममा संक्रमणबाट यसरी बच्नुहोस्

बाहिरको काममा खट्नु पर्ने हुँदा युवामा धेरै सङ्क्रमण


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाडो मौसम सकेर हामी विस्तारै गर्मी मौसममा प्रवेश गरेका छौँ। जाडोको तुलनामा हाम्रो स्वास्थ्य विभिन्न प्रकारका रोग सङ्क्रमण, एलर्जी धेरै हुने गर्छन्। जाडोमा भन्दा हामीले गर्मी मौसममा आफ्नो स्वास्थ्यमा धेरै ख्याल राख्नु पर्ने हुन्छ।

यो मौसममा खानेकुरा पनि चाँडै सड्ने र रोग फैलाउने परजीवी झिँगा, लामखुट्टे, साङ्ला धेरै पाइने भएकोले संक्रमणको जोखिम धेरै हुन्छ। गर्मीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, डायरिया हुने, शरीरमा विभिन्न खालका एलर्जीका खटिरा आउने जस्ता समस्या देखा पर्न सक्छन्। त्यस्तै पाचन यन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले पनि अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुन्छ। गर्मी याममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ जसका कारण संक्रमणको जोखिम धेरै हुन्छ।

गर्मी मौसममा देखिने रोग के हुन् ?
विशेष गरी गर्मी मौसममा सरुवा रोगको जोखिम उच्च रहन्छ। भाइरल ज्वरो, रुघाखोकी, डायरिया, झाडापखाला लागेर पेट दुख्ने लगायतका सुरुवा रोगहरू लाग्ने गर्दछन्। त्यस्तै यसको कारण काठमाडौँमा जारको वा बाहिरको पानी किनेर खाने हुँदा त्यसको जति माग बढ्दै जान्छ त्यति नै गुणस्तर कम हुँदै जान्छ। स्वास्थ्यमा विभिन्न प्रकारका रोग लाग्ने गर्दछन्। अब विस्तारै गर्मी बढ्दै जाँदा लामखुट्टेको टोकाइले धेरै भयावह डेंगुको उग्र रूप पनि हाम्रो विगतको अनुभव छ। त्यसैले हामीले समयमा नै आफ्नो वरपर सफा गर्ने र सफा खाना खाने, पानी उमालेर मात्र पिउने गर्नु पर्दछ।

के कारणले संक्रमणको जोखिम हुन्छ ?
सरुवा रोगहरू पानीजन्य संक्रमण, खानपान, हावाका कारण र किटजन्य कारणले सर्ने गर्छन्। हामीले पिउने पानीका कारण पनि धेरै रोग लाग्ने गर्दछन्। संक्रमण भएका व्यक्तिको निजकमा बस्दा, बिरामीले प्रयोग गरेको सामान तौली, कपडा अर्को व्यक्तिले प्रयोग गर्दा पनि सर्नसक्छ।

कुन उमेर समूहमा सङ्क्रमण बढी हुन्छ ?
बढी युवामा संक्रमण देखिने गरेको छ। बाहिरको खाना खानु पर्ने र आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन नभ्याउँने हुँदा संक्रमण देखिन्छ। बाहिर धेरै काममा खट्नु पर्ने हुँदा बढी सङ्क्रमण युवामा देखिएको हो। साथमा बालबालिका र वृद्धाहरूमा जोखिम हुन्छ।

गर्मी मौसममा सरुवा रोगबाट कसरी बच्ने ?
हावाबाट सर्ने रोगबाट बच्न सार्वजनिक स्थानमा जानु हुँदैन,
संक्रमण भएका व्यक्तिबाट टाढा बस्नुपर्छ,
भिडभाडमा जाँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने,
टिकजन्य रोगका नियन्त्रणका लागि वातावरण सफा राखौं,
लामखुट्टेलाई बढ्न दिनु हुँदैन,
घर तथा आफ्नो वरिपरिको वातावरण सफा राख्नुपर्छ,
पानी उमालेर पिउने गर्नुपर्छ,
अनावश्यक औषधिको प्रयोग गर्नु हुँदैन,
साधारण रुघाखोकी लाग्दा तातो पानीले बाफ लिनुपर्छ,
पर्याप्त मात्रामा आराम र निन्द्रा पुर्याउनुपर्छ,
समय समयमा हात साबुन पानीले धुनुपर्छ।
(सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँगको कुराकानीको आधारमा तयार सामग्री)

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : २१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र