सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नू : काठमाडौँ प्रशासन « Khabarhub

सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नू : काठमाडौँ प्रशासन


१८ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएको जनाएका छन् ।

गत शनिबार श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई ट्राफिक प्रहरीले कोटेश्वरमा रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले उक्त पोस्ट हटाएका थिए ।

सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् विगतदेखि नै हुँदै आएको भन्दै काठमाडौँ प्रशासनले यस सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा यसको अगुमनग नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको उल्लेख गरेको छ ।

‘सरकारी कामका लागि विदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्ने स्पष्ट व्यवस्था रहेको छ । यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको निर्विवाद छ ।’ विज्ञप्तिमा जनाइएको छ, ‘गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ । मितव्ययिता, शान्तिसुरक्षा, तथा सुशासन अभिवृद्धिका लागि स्थानीय प्रशासनबाट सम्पादित यस्ता कार्यमा आम नागरिकबाट प्राप्त साथ, समर्थन र सहयोगले उच्च मनोबलका साथ कार्य गर्न थप उत्प्रेरित बनाउने गर्दछ ।’

‘आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग समर्थन र हौसला सदैव अपेक्षित हुन्छ । कार्यक्षेत्रमा खटिएका कार्मचारी वा सुरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाण सहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानरकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानबिन गरी आवश्यक निर्णय हुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय असल मनसायबाट सम्वादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति जिल्ला प्रशासन कार्यालय काठमाडौँको ध्यानाकर्षण भएको जनाउँदै पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याइदिन र सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्न नगराउन विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १ : ४९ बजे

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी