महाकालीपारि सर्पदंशको उपचार सेवा « Khabarhub

महाकालीपारि सर्पदंशको उपचार सेवा


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो  केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।

सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा राजेश जोशीले बताए । ‘अब एन्टिस्नेक भेनम आएपछि उपचार सुरु हुन्छ, बाँकी जनशक्ति र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने, ‘अहिले हामीसँग आइसीयूको सुविधा नभएकाले सामान्य बिरामीको उपचार गर्न सक्छौँ, आइसीयू आवश्यक पर्ने बिरामी सिफारिस गर्नुपर्छ ।’

सो महाशाखाले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई विसं २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ । महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदशंका बिरामीको उपचारका प्रयोग गरिने एन्टिस्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ । 

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार  मेडिकल अफिसर छन् । तीमध्ये एक सर्पदंशको उपचार तालिमप्राप्त जनशक्ति छन् । प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं ६ मा एकमात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनुपर्ने बाध्यता छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई सर्पदंशको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने नगर प्रवक्तासमेत रहनुभएका दोधारा चाँदनी–६ का अध्यक्ष ओम बस्नेतले बताए।’सर्पदंशको उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले अनुमति पाएको छ, योसँगै अब तत्कालै सर्पदंशको उपचार सुरु हुन्छ’, उनले भने, ‘यहाँ सर्पदंशको उपचार नहुँदा बाहिर जानुपर्थ्यो, सर्पदंशका बिरामीले तत्कालै उपचार नपाएर अन्यत्र लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने विश्वास लिएका छौँ ।’

केही महिनाअघि सो स्वास्थ्य केन्द्रमा रेबिजको खोप सेवा पनि थपिएको उनले बताए। दोधारा चाँदनीको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा परिणत गर्ने योजना बनाएको नगर प्रवक्ता बस्नेतले बताए।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ३३ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला