सन्तोष सेनको त्यो सपना, यो सफलता


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भनिन्छ, ‘सपना देख्नेले मात्रै होइन, संकट भोग्नेले मात्रै वास्तविक सफलता हासिल गर्छ ।’ नेपाली फिल्म क्षेत्रमा निकै कठिन घडीमा प्रवेश गरेका सन्तोष सेनले जुन सपना देखेका थिए, त्यो सँगसँगै निकै ठूल्ठूला संकट पनि भोगेका थिए ।

उनले निर्माण गरेको पहिलो फिल्म ‘चंखे शंखे पंखे’ २०७२ सालमा प्रदर्शनमा आयो । जतिबेला नेपालमा ठूलौ भूकम्प गयो । भूकम्प गएपछि प्रदर्शनमा आएको यो फिल्म पूर्ण रुपमा असफल भयो । तर उनले सफलताका धेरै आयामहरु देखे ।

जुन असफलतालाई उनले सफलतामा परिणत गर्न सफल भए । पहिलो फिल्म असफल भएपछि सन्तोष सेनले प्रेमगित फिल्म निर्माण गरे । जुन प्रेमकथामा केन्द्रित थियो । प्रेमगित सफल भएपछि सन्तोष सेनले भन्न थालेका थिए, ‘अब नेपाली फिल्म बलिउड र हलिउडस्तरको बन्नुपर्छ । बनाउन सक्नुपर्छ । नेपाली फिल्म पनि संसारका सबै हलमा प्रदर्शन गर्न सक्नुपर्छ ।’

२०७२ को पेरिफेरिमा निर्माता सन्तोष सेनले देखेको त्यो सपना अहिले आफैँले निर्देशन गरेको फिल्म ‘प्रेमगित ३’ बाट पूरा गरिरहेका छन् । झण्डै आठ वर्षको फरकमा सन्तोष सेनले देखेको सपना आफैँले पूरा गरिदिएका छन् ।

‘प्रेमगित ३’ जो पहिलोपटक संसारका १२ सय वटा पर्दामा एकसाथ प्रदर्शन भएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म पहिलोपटक बलिउडमा धुमधामका साथ प्रदर्शनमा आएको हो । जसले आफैँमा एउटा अनौठो रेकर्ड बनाएको छ ।

नेपाली फिल्म केवल नेपालमा सीमित रहेका बेला सन्तोष सेन आफैँले नेपालको फिल्म पनि विदेशमा देखाउन सकिन्छ भन्ने असम्भव तथ्यलाई सत्य र सम्भवमा परिणत गरेका छन् । प्रेमगित ३ को कथा, सिन, कथादेखि त्यसको उच्च गुणस्तरीय पक्षलाई बलिउडका धेरै चलचित्रकर्मीले रुचाएका छन् ।

बलिउडदेखि खाडी, अष्ट्रेलियासम्मका देशहरुमा यो फिल्म प्रदर्शनमा आएको छ । यो नेपाली फिल्मका लागि निकै सुखद समय हो । नेपाली फिल्मले पनि विश्व बजारमा आफ्नो सिर्जना देखाउँछ भन्ने कुरा प्रमाणित गरेको छ ।

प्रदीप खड्कालाई सुरुदेखि डेब्यु गराएर सन्तोष सेनले नै अन्तर्राष्ट्रियस्तरको कलाकार बनाए । बलिउड, दक्षिण भारतीय फिल्मको ‘फेस क्यास’ गरेका प्रदीपले यतिबेला देश विदेशमा चर्चा कमाइरहेका छन् । उनले बढ्दो अन्तर्राष्ट्रियस्तरको चर्चाले नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसी आत्तिएको समेत कतिपयको टिप्पणी छ ।

भुवनका छोरा अनमोल अझै पनि नेपाली फिल्ममा मात्रै सीमित भएको चिन्ताले प्रदीपलाई रोक्नैका लागि प्रेमगित ३ हिन्दी डबलाई भुवनले विदेशी फिल्मको मान्यता दिन बाध्य भएको पनि कतिपयको बुझाई छ । तर यतिबेला प्रदीप र अनमोलको लडाईमा अब प्रदीप एक कदम अगाडि बढेका छन् ।

फिचर र लभस्टोरी फिल्म दुवैमा प्रदीप केही कदम अगाडि बढेको चर्चा यतिबेला नेपाली सिने जगतमा छ । केही समयअघि जुम्लाको कथा बोकेको ‘प्रकाश’ फिल्म पनि सफल देखिएको थियो । अहिले ‘प्रेमगित ३’ पनि तुलनात्मक रुपमा नेपाली फिल्मलाई केही कदम माथि पुर्याउने फिल्म हो ।

एउटा टिमलाई लामो समय नेतृत्व दिन सक्ने र अन्तर्राष्ट्रियस्तरमै पुर्याउन सक्ने आँट, साहस र क्षमताका सन्तोष सेनले देखेको त्यो सपना र वास्तविकतामा परिणत भएको यो सफलता नेपाली फिल्म क्षेत्रका लागि एक ऐतिहासिक र कीर्तिमान हो । यसले ढिलोचाँडो अब अन्तर्राष्ट्रिय जगतमा पनि नेपाली फिल्मको ढोका खुलेको छ भन्ने प्रमाणित गरेको छ ।

अब सन्तोषले नेपाली फिल्मका लागि अन्तर्राष्ट्रिय ढोका खोलिरहदा नेपाली फिल्मको गुणस्तर, कथा, पटकथादेखि पात्र चयनलाई धेरै ख्याल गरेर मात्रै ठूलो लगानीका फिल्म बनाउनुपर्नेमा ध्यान दिनुपर्ने देखिन्छ । जसको निरन्तरता आवश्यक छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : १५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र