आज २०७९ साल वैशाख ८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख ८ गते बिहीबारको राशिफल


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख ८ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछरु यस्तो छ आजको फलादेशः

मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।

वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

कन्या : रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।

मकर : झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

मीन : दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ३४ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले